Sajhedari Daily
Latest News from Nepal

कोल्हवीमा रहेको नेपाल एग्रो केमिकल्स प्रालिमा आगलागी हुदा लाखौँको क्षती

बाराको कोल्हबीमा रहेको नेपाल एग्रो केमिकल्स प्रालिमा मंगलवार विहान आगलागि भएको छ । उद्योगमा आगलागीबा लाखौँ मुुल्य बराबरको क्षती भएको उद्योगले जनाएको छ ।

प्रालिमा बाईरिङग सर्ट भई बिहान आगलागि हुुँदा करिब ३५ लाख मुुल्य बराबरको क्षती भएको उद्योगका अध्यक्ष प्रदिप मैनालीले जानकारी गराएका छन ।

आगलागीलाई ईलाका प्रहरी कार्यालय कोल्हबी ,शसस्त्र बेस क्याम्प कोल्हबी र कोल्हबी नगरपालिकाको बारुण यन्त्रणले करिब १ घण्टा ३० मिनेटको लामो प्रयासले नियन्त्रणमा आएको थियो ।

आगलागिबाट उद्योगको कच्चा पदार्थ जिन्स सल्फेट,मेसिन र भवनमा क्षती पुुगेको उद्योगका अध्यक्ष मैनालिले बताएका छन ।