तामागढी बतच तथा ऋण सहकारी संस्थाले बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १२ स्थित फत्तेपुरमा शनिवार सदस्य शिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमको जीतपुसिमरा उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष श्यामबावु खाँ ले पानसमा बत्ति बालेर उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रमका सहकारी संस्थाका मुख्य प्रबन्धक बासुदेव रिमालले सहकारीको परिचय,उदेश्य,विनियमावली,विभिन्न निती र सेवाका वारेमा सदस्यहरुलाई सहजिकरण गराउनु भएको थियो ।
सहकारी संस्थाका उपाध्यक्ष पृथ्वीराज शिवाकोटीको अध्यक्षतामा नेरामावि फत्तेपुरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, तामागढी सहकारीका सचिव पदमजंग प्याकुरेल,नवदुर्गा कृषि सहकारी संस्थाका सचिव सिकेन्द्र सहनी लगायतकाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य सिमरा सेवा केन्द्रका संयोजक सन्तोष पाण्डे र कार्यक्रमको संचालन उमेश सापकाटाले गर्नुभएको थियो ।


