Sajhedari Daily
Latest News from Nepal

माटो पाउन छाडेपछि कुम्हालेहरुको पेशा संकटमा

राम मण्डल/
दियो ढक्ना,खपरी बनाउन प्रयोग हुने पहेँेलो माटो पाउन छाडेपछि पर्साका कुम्हालेहरुको पेशा संकटमा परेको छ ।
पहिले गाउँघरमा सजिलै पहेलो चिप्लो माटोको लागि अहिले भने प्रति टयाक्टर ५ हजार रुपैया तिर्दा समेत माटो पाउन छाडेपछि आफुहरुको पेशा संकटमा परेको कुम्हालेहरुले दुखेसो गरेका छन ।

वीरगंज महानगरपालिका वडा नम्बर २८ बगहीका उमाशंकर कोहार बिहानैदेखि माटोको भाँडाकुँडा बनाउनमा यतिबेला ब्यस्त छन् । माटोको भाँडाकुँडा बनाउँदै आएका कोहार अहिले खासगरि दियो, ढक्ना, खपरी बनाउनमा बढी केन्द्रित छन । दिपावली सकिएपछि नजिकिदै गरेको छठ पर्बलाई मध्यनजर गर्दै कोहार छठ पर्बमा प्रयोग गरिने दियो,ढकना,खपरी तथा माटोको हाती बनाउनमा बढी केन्द्रित भएका हुन ।

माटाको भाडाकुडा नै बनाएर आठ जनाको परिवार पाल्दै आएका उमाशंकरलाई चाडबाडको बेलामा बिक्र्री बढने अनुमान थियो । अहिले दिपावली सकिएसँगै तराई क्षेत्रमा बिशेष हर्षेल्लासका साथ मनाईने छठपर्ब नजिकिएको छ । छठ पर्बमा भने माटोले बनेको दियो,कलश,ढक्ना,खपरी, र कोशी भर्नको लागि प्रयोग हुने माटोको हातीको बढी बिक्री हुने गरेको छ ।

तर पछिल्लो समय माटोको भाडाकुडा र सामानहरु बनाउनको लागि प्रयोग हुने पहेलो तथा चिप्लो माटो पाउन छाडेपछि अहिले माटोको भाडाकुडा बनाउनमा लगानी बढेको उमाशंकर बताउँछन । पहिले पहिले सितैमा पाईने गरेको पहेलो र चिप्लो माटो अहिले भने पैसा तिरेर पनि पाईने् भएपछि कोहारहरुको पुखर््यौली पेशा ने सँकटमा पर्न थालेको उमाशंकरको भनाई छ ।