प्रेस युनियनद्वारा पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुवेदीको गतिविधिप्रति कडा आपत्ति

साझेदारी दैनिक
456 पाठक संख्या

कलैया । नेपाल प्रेस युनियन बारा शाखाले पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुवेदीको पछिल्ला गतिविधिप्रति कडा आपत्ति जनाएको छ। पत्रकार महासंघ जस्तो गौरवशाली संस्थाको अध्यक्ष पदमा रहँदा पनि सुवेदीले संगठनको मर्यादा, उद्देश्य र पत्रकारहरूको हकहित विपरीत कार्य गर्दै आएको आरोप युनियनले लगाएको छ ।

“नेपाल पत्रकार महासंघ पत्रकारहरुको साझा र छाता संगठन हो । पत्रकारहरुको हकहित,अधिकार र पेशागत मर्यादाको संरक्षण तथा प्रर्बधन गर्नु महासंघको मुख्य उदेश्य हो । पत्रकार महासंघ बारा अध्यक्ष रमेश सुवेदीले महासंघको मूल विधान, कार्यप्रणाली तथा मर्यादाविपरीत विभिन्न गतिविधिहरू गर्दै आएका छन ।” प्रेस युनियनका अध्यक्ष श्यामबाबु प्रसाद यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा सुवेदीले आफ्नो व्यक्तिगत स्वार्थका लागि संस्थागत निर्णयहरूलाई दुरुपयोग गरेको, पत्रकारहरूबीच विभाजन पैदा गर्ने, सामाजिक सञ्जालमा आपत्तिजनक र अपमानजनक टिप्पणी गर्ने तथा संगठनलाई निजी स्वार्थको उपकरणका रूपमा प्रयोग गरेको आरोप लगाइएको छ।

नेपाल प्रेस युनियन बाराले यस्ता गैरजिम्मेवार गतिविधिले समग्र पत्रकारिता पेशामाथि प्रश्न उठाएको भन्दै तुरुन्त सुधारको माग गरेको छ। साथै युनियनले पेशागत पत्रकारिताको मर्यादा र स्वाभिमानको पक्षमा निरन्तर रुपमा दृढ रहिरहने जनाएको छ।

विज्ञप्तिमा सुवेदीले आफ्नो व्यक्तिगत स्वार्थका लागि संस्थागत निर्णयहरूलाई दुरुपयोग गरेको, पत्रकारहरूबीच विभाजन पैदा गर्ने, सामाजिक सञ्जालमा आपत्तिजनक र अपमानजनक टिप्पणी गर्ने तथा संगठनलाई निजी स्वार्थको उपकरणका रूपमा प्रयोग गरेको आरोप लगाइएको छ।

“संस्थाको विधानविपरीत निर्णय लिने, व्यक्तिगत स्वार्थमा चलखेल गर्ने, पत्रकारलाई समाजलाई बदनाम गर्ने, ब्यतिगत स्वार्थको लागि चान्दाको सहयोगको नाममा संस्था र पदलाई दुरुपयोग गर्ने,महासंघ सहयोग उपभोक्ता समितिको नाममा प्रयोग गरि महासंघको गरिमा तथा अपमान गर्ने र पत्रकारहरुको बारेमा सामाजिक सञ्जालमा अपमानित शब्द प्रयोग तथा टिकाटिप्णी गर्ने,विभिन्न ब्यक्तिहरुसंग आर्थिक सहयोग लिई गैर ब्यक्तिलाई पत्रकार बनाएको ।” युनियनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Leave a review