कलैया । बाराको फेटा गाउँपालिकाले भोलि स्थानीय बिदा दिएको छ। गाउँपालिकाले आफ्नो सबै वडा कार्यालय, शैक्षिक संस्था र गाउँपालिका कार्यालयलाई उद्धृत गर्दै गाउँपालिकाले भोलि (मंगलबार) स्थानीय बिदा दिएको हो।
प्रमुख प्रशासकीय अधिकृत राकेश ओझाले सोमबार एउटा सुचना जारि गर्दै स्थानीय बिदा दिएको जनाएका हुन्। ओझाद्वारा जारी सुचनामा वडा नं ३ मा रहेको महाबिरी मन्दिरमा भदौ १७ गते पुजापाठ हुने एवम् झण्डी मेला समेत लाग्ने भएकोले अध्यक्ष स्तरीय निर्णयनुसार बिदा दिइएको छ।
उनका अमुसार सबै वडा कार्यालय, शैक्षिक संस्था तथा मातहतका अन्य कार्यालयहरुमा (स्वास्थ्यका आकास्मिक सेवा बाहेक ) स्थानीय बिदा रहने छ ।

