बिभिन्न मुद्दाका छ जना फरार प्रतिवादी पक्राउ

साझेदारी दैनिक
224 पाठक संख्या

बारा : प्रहरीले बिभिन्न मुद्दाका ६ जना फरार प्रतिबादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चेक अनादर मुद्दाका फरार प्रतिबादी बारा कलैया उपमहानगरपालिका वडा नम्बर १ निवासी ४७ बर्षिय मोतिलाल साह,कलैया उपमहानगरपालिका वडा नम्बर १ निवासी ४५ बर्षिय समिर प्रधान,कलैया उपमहानगरपालिका वडा नम्बर ३ बस्ने ४५ बर्षिय महमद मुस्तुफा मंसुर,कलैया उपमहानगरपालिका वडा नम्बर २ बस्ने ५२ बर्षिय लालबाबु ठाकुर हजाम रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिृएको प्रहरी टोलीले उनीहरुलाई आफनै गाउँ घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।

साहलाई बारा जिल्ला अदालतले चेक अनादर मुद्दामा रु पांच सय,प्रधान लाई रु तीन सय, मंसुर र हजामलाई जनही रु पांच सय दण्ड जरिवाना गर्ने फैसला गरेको थियो । उनीहरु सोही बेला देखि फरार भएका थिए।

यसैगरी प्रहरीले कुटपिट तथा लुटपाट मुद्दामा फरार रहेका महागढीमाई वडा नम्बर २ बस्ने ४० बर्षिय महेन्द्र साह कानु र सोही पालिका वडा नम्बर १ बस्ने ४५ बर्षिय सुनिल साह रहेका छन ।

प्रहरी चौकी बरियारपुरबाट खटिृएको प्रहरी टोलीले उनीहरुलाई आफनै गाउँ घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । बारा जिल्ला अदालतले उक्त मुद्दामा दुबै जनालाई जनही रु एक हजार रुपैया दण्ड जरिवाना गर्ने फैसला गरेपछि उनीहरु फरार भएका थिए।

Leave a review

This will close in 0 seconds