रवीन्द्र प्रसाद साह/
बारा जिल्ला जेष्ठ नागरिक समितिले विहिवार कलैयामा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।
आस्थाको पर्वको रुपमा रहेको छठ पर्वको अवसरमा समितिले कलैया स्थित जिल्ला समन्वय समितिको सभाहलमा कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रमको बारा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका सांसद रामबावु यादवले उद्घाटन गरेका थिए । जेष्ठ नागरिक समितिका जिल्ला अध्यक्ष भरत बहादुर मल्लको अध्यक्षतामा भएको कार्यक्रमा प्रतिनिधि सभा सांसद यादव, प्रदेश सभा सांसद पारस प्रसाद साह, पुर्व सभासद् प्रमोद गुप्ता, जिल्ला समन्वय समितिका प्रमुख नवलकिशोर सिंह, उपप्रमुख पवन ब्याहुत, जनता समाजवादी पार्टीका नेता शिवनाथ पटेल लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।
सो अवसरमा प्रदेश सभा सांसद साहले निजि कोषबाट जेष्ठ नागरिक समितिको कार्यालय संचालनमा सुबिधा प्राप्त होस भन्ने उदेश्यले एकथान ल्यापटप सहयोग हस्तान्तरण गरेका थिए ।