देवताल गाउँपालिकाद्रारा आर्थिक वर्ष ०८१÷०८२ मा ३४ करोड ७३ लाख ४४ हजार ७ सय ४८ रुपैयाँ बराबरको बजेट प्रस्तुत

संदिप प्रसाद यादव
377 पाठक संख्या

बाराको देवताल गाउँपालिकाले आर्थिक वर्ष ०८१÷०८२ को १२ औं गाउँ सभा नीति तथा कार्यक्रम सोमबार एक कार्यक्रम बिच प्रस्तुत गरेको छ ।

गाउँपालिकाको १२ औ गाउँ सभाले रु ३४ करोड ७३ लाख ४४ हजार ७ सय ४८ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको हो ।

देवताल गाउँपालिका अध्यक्ष उदय प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि समजसेवी प्रयाग राय यादवले पानसमा दिप प्रजवन गरि उदघाटन गर्नु भएका थिए ।

आर्थिक वर्ष २०८१÷०८२ को बजेट स्रोतको रुपमा देवताल गाउँपालिकाको आन्तरिक आम्दनी वाट (गत आल्या बाहेक) अनुमानित रकम रु. २७ लाख,संघीय सरकारबाट वित्तिय समानिकरण अनुदान तर्फ रु नव करोड बतिस लाख,प्रदेश सरकारबाट वित्तिय समानिकरण रु. पैसठी लाख पचास हजार मात्र सशर्त अनुदान तर्फ (संघीय सरकारको) रु. एघार करोड पैतिस लाख पचास हजार मात्र,संघीय सरकारवाट राजस्व बाँडफाँटवाट प्राप्त हुने रकम रु. सात करोड तिरचालिस हजार,संघीय सरकारबाट समपुरक अनुदान तर्फ रु.एक करोड पचास लाख,प्रदेश सरकारबाट समपुरक अनुदान रु. बिस लाख,प्रदेश सरकारबाट विशेष अनुदान रकम रु. तीस लाख,प्रदेश सरकारबाट सशर्त अनुदान रु. असी लाख रहेको छ ।

त्यस्तै सशर्त अनुदान रु. २ करोड नव्ये लाख चौवालिस हजार सात सय अडचालिस रुपैया पन्ध्र पैसा समेत गरी आर्थिक वर्ष ०८१÷०८२ को लागि गाउँपालिकाको कुल रकम रु. चौतिस करोड त्रिहत्तर लाख चौवालिस हजार सात सय अरचालिस रुपैया पन्ध्र पैसा मात्र बरावरको बजेट प्रस्तुत गरेको छ ।

उक्त कार्यक्रममा देवताल गाउँपालिका का अध्यक्ष उदय प्रसाद यादव,पुर्व गाउँपालिका अध्यक्ष चन्दन सिंह,वार्ड अध्यक्ष,गाउँकार्यपालिका सदस्य,कर्मचारी,सञ्चारकर्मीहरु लगायतको उपस्तिथि रहेको थियो ।

सो कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नवीन कुमार श्रीवास्तवले स्वागत मन्तव्य राखेका थिए ।

Leave a review