साझेदारी राष्ट्रिय दैनिकले अब ११ औं बर्षमा प्रवेश,वार्षिकोत्सवको अवसरमा अनाथालयमा खाद्यान्न वितरण

साझेदारी दैनिक
340 पाठक संख्या

कलैया : बाराबाट निरन्तर प्रकाशित साझेदारी राष्ट्रिय दैनिकले आफ्नो ११ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ।

दैनिकले १० औं वर्ष पार गरी ११ औं बर्षमा प्रवेश गरेको उपलक्ष्यमा वार्षिकोत्सव मनाएको हो । बार्षिकोत्सवको अवसरमा विहीबार दैनिकले कलैया स्थित अमृता अनाथ आश्रममा खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ ।

पत्रिकाका प्रकाशक तथा सम्पादक श्यामबावु प्रसाद यादवको अध्यक्षतामा आयोजित उक्त खाद्यान्न हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पासवान, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य गणेशराज रिजाल, नेपाल प्रेस युनियन मधेश प्रदेशका अध्यक्ष सत्य प्रकाश श्रेष्ठ, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सदस्य संजिव मिश्रा, नेपाल पत्रकार महासंघ बारा जिल्ला शाखाका उपाध्यक्ष पन्नालाल दास, कोषाध्यक्ष रंजन यादव लगायत विभिन्न संचार माध्यमका संचारकर्मीहरुले पत्रिकाको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।

कार्यक्रममा बोल्दै दैनिकका प्रकाशक तथा सम्पादक २०७२ को आन्दोलनमा मुलधारको संचारमाध्यमले मधेशको मुद्दामा कलम नचलाएपछि बारा,पर्सा सहित मधेशकै समस्या र मुद्दा उठान गर्नकै निम्ति पत्रिका संचालन ल्याइएको बताए ।

कलैया उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको उक्त अमृता अनाथ आश्रममा हाल ९ जना बालिका र ६ जना बालक गरी १६ जना बालबालिका रहेको छन । पत्रिकाले गरेको सहयोग प्रति खुसी व्यक्त गर्दै आश्रमका संचालक गोबर्धन वस्नेतले धन्यवाद दिएका छन ।

पत्रिकाले आश्रमका बालबालिकाहरुको लागि चामल,दाल, चिउरा, भुजा,खाने तेल, नुन, आलु, सर्फ, साबुन, हारपिक, जुस, विस्कुट लगायतका खाद्यान्न सामग्री आश्रमका संचालक बस्नेतलाई हस्तान्तरण गरिएको थियो ।

उक्त खाद्यान्न वितरण कार्यक्रमको संचालन साझेदारी राष्ट्रिय दैनिकका समाचार सम्पादक सन्तोष पाण्डेले गर्नुभको पत्रिकाका सन्दिप प्रसाद यादवले जानकारी गराए ।

Leave a review

This will close in 0 seconds