पर्साका एसपी गौतम मिश्र सम्मानित

साझेदारी दैनिक
142 पाठक संख्या

वीरगञ्ज : पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र शुक्रबार सम्मानित भएका छन्।

मानव बेचबिखन तथा ओसार–पसार विरुद्धको राष्ट्रिय दिवस (भदौ २०) को अवसरमा उनी सम्मानित भएका हुन्।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले उनलाई सम्मान गरेको हो। मुलुकका ७७ जिल्लामध्ये मानव बेचबिखन नियन्त्रणमा पर्सा प्रहरीले उत्कृष्ट कार्य गरेको मन्त्रालयले ठहर गरेको छ।

मानव बेचबिखन विरुद्ध अभियान सञ्चालन गर्दै पर्सामा सात महिना भित्र हालसम्म १५ मुद्दा दर्ता, १७ जना अभियुक्त पक्राउ र सफल अनुसन्धान उनको नेतृत्वमा सम्पन्न भएको छ।

त्यस्तै करिब ३०० महिला तथा बालबालिकालाई उद्दार गरी परिवारमा पुनःस्थापना गर्नुको साथै मानव बेचबिखन नियन्त्रणका लागि प्रहरीले करिब ३५० सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ।

Leave a review

This will close in 0 seconds