बाराका ४३ जना पत्रकारहरुको स्वाब सङकलन

साझेदारी दैनिक
साझेदारी दैनिक 471 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

रञ्जन यादब /
बाराका ४३ जना पत्रकारहरुको शुक्रवार स्वाब सङकलन गरिएको छ ।

छिमेकी जिल्ला पर्सामा दुई जना पत्रकारमा कोरोना भाईरस देखिएपछि कलैया अस्पतालमा ४३ जना पत्रकारहरुको स्वाब सङकलन गरिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले साझेदारी दैनिकलाई जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासंघ बारा शाखा र जिल्ला प्रशासन कार्यालय बाराको समन्वयमा जिल्ला अस्पताल कलैयाले स्वाब परिक्षण गरेको थियो ।

बारा जिल्लामा कार्य क्षेत्र बनाई अग्रभागमा काम गर्ने र पर्सा जिल्लाको कार्यक्रममा सहभागी भएका पत्रकारहरुको स्वाब सङकलन गरिएको नेपाल पत्रकार महासंघ बाराका सचिव गणेशराज रिजालले जानकारी दिनुभयो । पिसिआर पद्धतीबाट परिक्षण हुने स्बाबको नतिजा आइतवार आउने सचिव रिजालले बताउँनुभयो ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review