जीतपुरसिमरा उपमहानगरका सम्पूर्ण शैक्षिक संस्थामा आज शोक बिदा

साझेदारी दैनिक
289 पाठक संख्या

कलैया । जेनजी आन्दोलनका क्रममा विद्यार्थीको ज्यान गएपछि जीतपुरसिमरा उपमहानगरपालिकाले आज शोक विदा दिएको छ ।

उपमहानगरपालिकाका उपसचिव शिवजी प्रसादद्वारा हस्ताक्षरित सूचनामा भदौ २४ गते जीतपुरसिमरा उपमहानगरपालिका भित्रका सम्पूर्ण विद्यालय तथा शैक्षिक संस्थामा शोक विदा दिइ पठनपाठन बन्द गर्ने निर्णय भएको उल्लेख गरिएको छ।

देशव्यापी प्रदर्शनको क्रममा भएको अप्रिय घटनाले जीतपुरसिमरा परिवारलाई स्तब्ध बनाएको जनाएको छ।

उपमहानगरपालिकाले मृतक विद्यार्थीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ।

Leave a review

This will close in 0 seconds