नेपाल पत्रकार महासंघ बाराको अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी,उपाध्यक्षमा निर्विरोध निर्वाचन हुने

संदिप प्रसाद यादव
459 पाठक संख्या

कलैया : नेपाल पत्रकार महासंघ बाराको यही २८ मंसिरमा हुने निर्वाचनको लागि बुधबार उम्मेदवारी दर्ता भएको छ।

महासंघ बाराको निर्वाचन समितिले उम्मेदवारी दर्ताको सूचि जारी गर्दै यसबारे जानकारी दिएको हो। महासंघ बाराको अध्यक्ष पदमा श्यामबाबु प्रसाद यादव,रमेश सुवेदी र अनिलकुमार तिवारीको उम्मेदवारी परेको हो।

यस्तै उपाध्यक्षमा पन्नालाल दास, महिला उपाध्यक्षमा प्रियंका दास,सचिवमा पुष्पराज खतिवडाको एकल उम्मेदवारी रहेको हो। निर्वाचन प्रकृया पश्चात उपाध्यक्ष द्वय र सचिव निर्विरोध निर्वाचित हुनेछन्।

यस्तै सहसचिवमा प्रदिप गौतम,ईन्दिप कोईराला,सहसचिव समावेशीमा दुष्यन्त चौधरी एवम् अरुण कुशवाहाको उम्मेदवारी परेको छ। कोषाध्यक्ष पदको लागि अनिल पाण्डे एवम् रन्जन यादवको उम्मेदवारी परेको हो।

महिला सदस्य पदमा प्रियंका सर्राफ,काजल कार्की एवम् तुलसा घिमिरेको उम्मेदवारी परेको हो। दलित सदस्यमा शर्मालाल बैठा,जनजाति सदस्यमा धिरेन्द्र पनुहर,मधेशी सदस्यमा धिरेन्द्र तिवारी,समावेशी सदस्यमा नूरआलम बादशाहको एकल उम्मेदवारी परेको हो।

खुला सदस्यमा रतन टेमानी,नरेश गुप्ता,चन्दनकुमार मेहता,राहुल गुप्ता,प्रभुप्रसाद यादव,जिउतप्रसाद यादव,प्रल्हाद तिमल्सिना,नवीन चौधरी एवम् नारायण पौडेलको उम्मेदवारी परेको छ।

खुला सदस्यमा सात पद रहेकोमा नौ जनाले उम्मेदवारी दिएका हुन्।

प्रदेश परिषद सदस्य पदमा अमिलकुमार साह,श्रीकान्त गुप्ता,रामेश्वर मेहता,गम्भीरा सहनी,मनोजकुमार साह,श्यामबाबु गुप्ता,भोलानाथ पौडेल,सिकेन्द्र साह,पवन यादव,लक्ष्मी पाण्डेको उम्मेदवारी परेको हो।

परिषद सदस्य पदमा १० जनाको पद भएकोमा उम्मेदवारी पनि १० जनाकै परेकोले निर्विरोध निर्वाचित हुने निश्चित छ। केन्द्रिय परिषद सदस्यमा लक्ष्मी साह,गोकुल घोरसाइने,कमलकुमार उपाध्याय,भोजराज भट्टराई,सत्यप्रसाद श्रेष्ठ गरी पाँच जनाको उम्मेदवारी परेको छ।

यसमा पाँच जना निर्वाचित हुने भनिएकोमा पाँच जनाकै उम्मेदवारी परेकोले निर्विरोध निर्वाचन हुनेछ।

Leave a review

This will close in 0 seconds