सिम्रौनगढमा सेवा प्रवाह र पठनपाठन सुचारु

साझेदारी दैनिक
255 पाठक संख्या

कलैया : बाराको सिम्रौनगढ नगरपालिकाले आजदेखि कार्यालयको सेवा प्रवाह तथा पालिका भित्रका शैक्षिक संस्थाहरुको पठन पाठन सुचारु गर्ने भएको छ ।

बिगत केही दिनदेखि देशको बिशम एवम् संवेदनशिल परिस्थितिको कारणले बन्द रहेको नगरपालिकाको सेवा प्रवाह तथा शैक्षिक संस्थाहरुको पठन पाठन भदौ २९ गते आइतबारदेखि सुचारु गरिने नगर प्रमुख किशोरी प्रसाद कलवारले शनिबार एक सार्वजनिक सुचना जारी गरी जानकारी दिएका छन ।

नयाँ पुस्ताका युवा (जेनजी)ले गरेको आन्दोलनका कारण भदौ २४ गते देखि नै नगरपालिकाको कार्यालय तथा मातहतका कार्यालयहरुको सेवा प्रवाह तथा शैक्षिक संस्थाहरुको पठन पाठन अवरुद्ध भएको थियो ।

Leave a review