कलैयामा दिनदहाडै पत्रकार प्रभु यादवको मोटरसाइकल चोरी

संदिप प्रसाद यादव
711 पाठक संख्या

कलैया : कलैया उपमहानगरपालिकाको हाता नजिकैबाट मंगलबार एक जना पत्रकारको मोटरसाईकल चोरी भएको छ ।

भोजपुरी टाइम्स दैनिकका बारा प्रतिनिधि र नेपाल पत्रकार महासंघ बारा शाखा कार्य समिति सदस्य प्रभु यादवको मोटरसाईकल चोरी भएको हो ।

उपमहानगरपालकाको शिक्षा तथा युवा खेलकुद शाखा,समाजिक विकास शाखा,न्यायिक शाखा,सहकारी शाखा,कृषि शाखा र पशु सेवा शाखा मुख्य कार्यालय नजिकै पार्किङ गरि राखिएको अवस्थामा चोरी भएको पत्रकार यादवले बताएका छन ।

पत्रकार यादव र रेडियो बाराका सञ्चालक रमेश साह कलैया उपमहानगरपालिकाको शिक्षा शाखामा समाचार संकल्न गर्न करिब दिउँसो १२ : ३० बजेको समयमा कार्यालय अगाडि नै पार्किङ गरिएको ना ५४ प ९२७२ नम्वरको मोटरसाइकल चोरी भएको हो ।

उक्त शिक्षा शाखाको अगाडीबाट पहिला पनि मोटरसाइकल चोरी भएको कर्मचारीहरूले बताउने गरेको छ । यो सगै चारवटा मोटरसाईकल चोरी भईसकेको उनीहरुले बताए ।

शिक्षा शाखा प्रमुख प्रहलाद वर्णावालले पहिला चोरी भएदेखि सिसिटिभि क्यामरा लगाउन पटक पटक जनकारी गराउदा नगरप्रमुख र प्रमुख प्रशासकिय अधिकृत नाथु साहले कुनै वस्ता नगरेको बताएका छन ।

जनतासंग प्रत्यक्ष सरोकार राख्ने कार्यालय नै बाहिर रहेकोले सवारी साधनको सुरक्षा दिन ईलेक्ट्रोनिक साधन वा नगर प्रहरी राख्नु पर्ने थियो वा सिसिटिभी क्यामरा समेत राख्नु पर्ने वेअवस्थामा गरेकै कारण कलैया नगरपालिकाले नै मोटरसाइकल चोरहरुलाई पोत्साहन गरीरहेको आम जनताको बुझाई रहेको छ ।

चोरी घटनाबारे थप अनुसन्धान गर्दै मोटरसाइकलको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले जानकारी दिएका छन्।

Leave a review

This will close in 0 seconds