सिमरा महिला साकोसको १८ औँ वार्षिक साधारण सभा सम्पन्न

रञ्जन यादव
265 पाठक संख्या

जीतपुर : सिमरा महिला बचत तथा ऋण सहकारी संस्थाको १८ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

साधारणसभाको उद्घाटन बारा जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष सतेन्द्र प्रसाद ठाकुरले पानसमा दीप प्रज्वलन गरी गर्नुभयो । सो अवसरमा बोल्दै ठाकुरशहअउहाँले बदलिँदो राष्ट्रिय अर्थतन्त्रसँगै सहकारी क्षेत्रलाई गुणस्तरीय वित्तीय सेवामा सक्षम बनाउन नीति, विधि र प्रविधिको उच्चतम प्रयोगमा जोड दिनुपर्ने बताउनुभयो ।

उनले सहकारी प्राधिकरण र नेपाल राष्ट्र बैंकले जारी गरेका अध्यादेश तथा मापदण्डको परिधिभित्र रही संस्थाले सञ्चालन गर्नुपर्नेमा उहाँले आग्रह गर्नुभयो ।

साधारण सभा उद्घाटन कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार संयोजक अनिता लम्साल, सञ्चारकर्मी रञ्जन यादवसहित अतिथिहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा अध्यक्ष मुना खरेलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो भने कोषाध्यक्ष सनम पौडेलले आर्थिक प्रतिवेदन पेश गर्नुभयो । लेखा समिति संयोजक उर्मिला सापकोटाले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदन अनुसार संस्थाले हालसम्म १४ करोड ६८ लाख ५४ हजार ४ सय ८६ रुपैयाँ कर्जा प्रवाह गरेको छ भने ४४ लाख ६५ हजार ८ सय ५९ रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

Leave a review

This will close in 0 seconds