बझाङमा भूकम्पको धक्का महसुस

रासस
260 पाठक संख्या

चैनपुर (बझाङ), २८ भदौ : बझाङमा भूकम्पको महसुस गरिएको छ । आज साँझ ८ बजेर ३६ मिनेटमा तीन दशमलव सात म्याग्निच्युडको भूकम्पको धक्का गएको भूकम्प विद् डा शिव सुवेदीले जानकारी दिनुभयो ।

भूकम्पको धक्का महसुस भए पनि क्षति भने नभएको सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले बताउनुभयो ।

Leave a review