Sajhedari Daily
Latest News from Nepal

भिटामिन ए कार्यक्रममा जीतपुुरसिमराले कुुपोषण बच्चाको पनि पहिचान गर्ने

रञ्जन यादब /
जीतपुुरसिमरा उपमहानगरपालिकाले कुुपोषण बच्चाको पनि पहिचान गर्ने भएको छ ।पहिचान भएको कुुपोषित बालबालिकाहरुलाई स्वास्थ्य केन्द्रमा ल्याई बिशेष उपचार गर्ने कार्यक्रम रहेको जीतपुुरसिमरा उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

उपमहानगरपालिकाले यही मंसिर ११ र १२ गते देखि सञ्चालन हुुन गईरहेको राष्ट्रिय भिटामिन ए कार्यक्रममा ६ महिना देखि ६० महिना सम्म वा पाँच बर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए खुुवाउँने छ । भिटामिन ए खुुवाउँने कार्यक्रममा स्वयमसेवीकाहरुसँग खटिने स्वास्थ्यकर्मीहरुले बच्चाको पाखुुराको नाप लिई कुुपोषणको अवस्था पत्ता लगाउँने स्वास्थ्य शाखा संयोजक रबि भाष्करले जानकारी गराएका छन ।

जोखिम युक्त कुुपोषणको अवस्थामा रहेको बालबालिकाहरुलाई स्वास्थ्य केन्द्रमा ल्याई बिशेष उपचार गरिने ब्यवस्था मिलाईएको भाष्करले बताएका छन । जीतपुुरसिमरा उपमहानगरपालिकामा ६ महिना देखि ६० महिना सम्म बालबालिकाको संख्या १० हजार ८ सय ९६ र ६ महिना देखि २३ महिना सम्मको बालबालिकाको संख्या ३ हजार ७ सय ६० जना रहेको छ ।
२३ महिना मुुनिको बालबालिकाहरुलाई राष्ट्रिय भिटामिन कार्यक्रममा भिटामिन ए,जुुकाको औषधी र बाल भिटा खुुवाईने जितपुुरसिमरा उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।