प्रणामी ब्यबसायी संघको प्रथम वार्षिक साधारणसभा सम्पन्न

साझेदारी दैनिक
736 पाठक संख्या

कोल्हवी, २६ भदौ
प्रणामी ब्यबसायी संघ नेपाल जिल्ला कार्यसमिति वाराको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
कोल्हवी नगरपालिका वडा नम्बर ८ नयावस्तीमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरको प्राङ्गणमा आयोजित उक्त साधारणसभाको प्रणामी ब्यबसायी सघ नेपालका,केन्द्रीय अध्यक्ष बिष्णु प्रसाद वाग्लेले गर्नुभएको थियो ।
प्रणामी व्यवसायी संघ जिल्ला अध्यक्ष जुगल किशोर लामिछानेको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभा उद्घाटन समारोहमा विशिष्ठ अतिथि मेहेर सागर आश्रमकी संरक्षक विदुषी माता उषा घिमिरे, युवा परिषद बारा अध्यक्ष सुमन सुवेदी, कलैयाका पन्नालाल कुशवाहा लागयायतकाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

Leave a review