नेपाली कांग्रेस बाराका सभापति यादवद्वारा सुविधा सम्पन्न पि. एण्ड पि. हस्पिटल उद्घाटन

साझेदारी दैनिक
610 पाठक संख्या

कलैया । नेपाली कांग्रेस पार्टी बाराका सभापति एवम् कलैया उपमहानगरपालिका का पुर्व नगर प्रमुख राजेश राय यादवले सुविधा सम्पन्न पि. एण्ड पि. हस्पिटलको उद्घाटन गरेका छन् ।

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ५ स्थित अस्पताल रोड बेलपातीमाई मन्दिरको नीर शुक्रबार सभापति यादवले एक कार्यक्रम बीच सुविधा सम्पन्न पि.एण्ड पि. हस्पिटलको उद्घाटन गरेका हुन् ।

सो हस्पिटल १५ शैयाको रहेको र एक करोड भन्दा भढीको लागतमा फार्मेसीसहित सुविधा सम्पन्न हस्पिटल संचालनमा आएको संचालक सजय यादवले जानकारी दिएका छन् । उक्त हस्पिटलमा इमर्जेन्सी,ओपिडी ,आइसियु,एनआइसियु,अपरेसन लगायतको सेवा प्रदान हुने उनले जानकारी दिए ।


डा. मनोज कुशवाहा अर्थो,डा. सुनिता यादव गाइनो ,डा. रवि गुप्ता सर्जन ,डा.संजय साह सर्जन , डा. बिपलब सुवेदी मेडिसिन र डा. आजिर अहम्मद पेडिया लगायतको चिकित्सकहरुले सो अस्पताल बाट सेवा प्रदान गर्ने संचालक यादवले जनाए ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् नेपाल कांग्रेस बाराका सभापति राजेश राय यादवले भरपर्दो आधुनिकसहित गुणस्तरीय सेवा प्रदान गर्न आग्रह गरेका छन् । साथै गरिब,अतिबिपन्न परिवारलाई सहज र छुट गरि उपचार गर्न अस्पताल प्रशासनलाई सुझाव दिए ।

उक्त कार्यक्रममा गगन गुप्ता, नेपाली कांग्रेस बाराका जिल्ला कार्य समिती सदस्य रवि करण साह,३ ख का क्षेत्रीय सचिव नाजिर अन्सारी,डाक्टर,कर्मचारी,मन्दिप यादव,मुकेश साह,शेषनाथा गुप्ता,बच्चा दास,संदिप यादव,राजेश चौधरी,अवधेश पटेल,समाजसेवी,सञ्चारकर्मीहरु लगायतको उपस्तिथि रहेको थियो ।

Leave a review