संघीय मन्त्री यादवद्वारा डिप बोरिङहरूको स्थलगत अनुगमन

संदिप प्रसाद यादव
247 पाठक संख्या

कलैया : संघीय खानेपानी, सरसफाइ तथा सिँचाइ मन्त्री प्रदिप यादवले आइतबार बाराको प्रसौनी र परवानीपुर गाउँपालिकामा जडित डिप टयुववेलहरुको आइतबार स्थलगत अनुगमन गरेका छन्।

अनुगमनको क्रममा उनले जलवायु परिवर्तनका कारण तराई–मधेससहितका जिल्लामा चर्किएको खानेपानीको समस्या तत्काल समाधान गर्न सरकारले ठोस कदम चालिरहेको जानकारी दिएका छन्।

बारा जिल्ला स्थित परवानिपुर र प्रसौनि गाउँपालिकाका विभिन्न वडाहरुमा जडान गरिएका डिप बोरिङको स्थलगत रुपमा अनुगमन गर्दै जलवायु परिवर्तनका कारण तराई– मधेस सहितका जिल्लामा खानेपानीको निकै समस्या उत्पन्न भएको उनले जनाएका हुन्।

खानेपानीको तत्काल समस्या समाधान गरी यहाँका जनतालाई खानेपानी उपलब्ध गराउने उदेश्य आफुले राखेको उनले जनाए। खानेपानी मन्त्रालय मातहतका निकायले डिप बोरिङको कार्य सुरु गरेको उनले जनाए।

अनुगमनका क्रममा यहाँ जडान गरिएका र जडान सम्पन्न हुने तयारीमा रहेका डिप बोरिङको पानीले खानेपानीको समस्याबाट ग्रसित नागरिकले तिर्खा मेटाउन सहज हुने र केहि हद सम्म समस्या समाधान हुने उनले अनुगमनको क्रममा विश्वास व्यक्त गरे।

तराई–मधेस सहितका जिल्लामा देखिएको खानेपानीको समस्या तत्कालीन र दीर्घकालीन रुपमा समाधान गर्नका लागि नेपाल सरकार पूर्ण रुपमा प्रतिबद्ध रहेको उनले जनाए।

Leave a review

This will close in 0 seconds