रञ्जन यादब /
लैङ्कि हिंसा बिरुद्ध १६ दिने अभियान अन्तर्गत जीतपुुरसिमरा उपमहानगरपालिकाले तेस्रो दिन लैङ्गिक हिंसा सम्बन्धि एक दिने अभिमुुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । उपमहानगरपालिकाको सभा हलमा आयोजित अभिमुुखिकरण कार्यक्रममा महिला जनप्रतिनिधिहरु नै आफुुहरु लैङ्गिक हिंसाको सिकार हुुने गरेको सुुनाएका थिए ।
लैङिगक हिंसाको सिकार हुुँदा पनि प्रहरी प्रशासन र उपमहानगरपालिकाबाट न्याय नपाएको दुुखेसो गरेको थिए । कार्यक्रममा कानुुन अधिकृत अस्मिता सिटौलाले लैङ्गिक हिंसा सम्बन्धि बिद्यमान ऐन,कानुुनको बिषयमा सहभागिहरुलाई जानकारी गराएकी थिईन ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरिक्षक राज किशोर साहले प्रहरी कार्यालयमा आउँने गरेको हिंसाको प्रकृती र देखिने समस्याको बिषयमा चर्चा परिचर्चा गरेका थिए । सहभागिहरुले आफुुले देखेका वा भोगेका लैङिगक हिंसाको बिषयमा जानकारी गराएका थिए ।
कार्यक्रममा महिला ,बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुुख सिमा यादब, समाजिक बिकास शाखा प्रमुुख दुुर्गा न्यौपाने, महिला ,बालबालिका तथा जेष्ठ नागरिक शाखाका नितुु साह, जनप्रतिनिधि, सहकारीकर्मी, महिला अधिकारकर्मी लगायतको सहभागिता रहेको थियो ।