बारा प्रहरीले एक बालक तथा एक बालिकाको उद्दार गरी अभिभावकको जिम्मा लगाएको छ ।
प्रहरीले कलैया उप–महानगरपालिका वडा नम्बर २० वसतपुर बस्ने मंसुर मियाँ ठकुराईको छोरा अन्दाजी १० वर्षीयको समिर मियाँ ठकुराई र सोहि पालिकाको वडा नम्बर १२ धर्मनगर बस्ने रामएकबाल प्रसाद कुशवाहाको छोरी अन्दाजी ४ वर्षकी सोनी कुमारलाई उद्दार गरी अभिभावकको जिम्मा लगाएको हो ।
जिल्लाको कलैया उप–महानगरपालिका वडा नम्बर १ भरत चोकबाट अलपत्र अवस्थामा रहेको बालबालिकाहरूलाई प्रहरीले उद्दार गरी उनीहरुको अभिभावकहरूलाई जिम्मा लगाई पठाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार असार २० गते समिर र असार २१ गते सोनी अलपत्र परेका थिए ।

