बारामा अवस्था सामान्य,आजदेखि सबै कार्यालय खुल्ने : प्रजिअ पौडेल

साझेदारी दैनिक
530 पाठक संख्या

कलैया । लगातारको अविरल वर्षा रोकिएसँगै बारा जिल्लाको अवस्था सामान्य बनेपछी आज (सोमबार)देखि जिल्लाभरका सबै सरकारी कार्यालयहरू खुल्ने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले साझेदारी राष्ट्रिय दैनिकसँग कुरा गर्दै उक्त जानकारी दिएका हुन् ।

यसअघि अविरल वर्षाका कारण सडक अवरुद्ध भएपछि सरकारले असोज १९ र २० गते सार्वजनिक बिदा दिएको थियो । तर गृह मन्त्रालयले विपद् जोखिम तथा प्रतिकार्य कार्यमा प्रत्यक्ष रूपमा संलग्न नरहेका जिल्लाहरूमा सार्वजनिक सेवा नियमित सञ्चालन गर्न निर्देशन दिएपछि आजदेखि सेवा सुचारु हुने भएको हो ।

प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार आजदेखि बाराका सबै स्थानीय तह र सरकारी कार्यालयहरूबाट सार्वजनिक सेवा नियमित रूपमा प्रवाह हुने छ ।

Leave a review