बारा प्रहरीले घरमा कोही नभएको बेला चोरी गर्ने एक युवकलाई नियन्त्रणमा लिएको छ ।
प्रहरिले असार ३० गते आईतबार जिल्लाको कलैया उप-महानगरपालिका वडा नम्बर ०६ पावर हाउस स्थित उपेन्द्र जयसवालको घरबाट कोही नभएको बेला चोरी गरि लैजाँदै गरेको बोरा खोली चेक जाँच गर्ने क्रममा उक्त समानहरुसहित एक युवकलाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नम्बर १० घर भई सोहि वडा नम्बर ०६ स्थित कवाडी पसल खोली बस्ने संजय सरार्फको छोरा अन्दाजी १८ वर्षीय राहुल सरार्फ रहेको प्रहरीले जनाएको छ ।
एल.इ.डी टिभी-१,कपडा लगाउने आईरन-१,पिलास- १,तोडेको ताल्चा-१,ताल्चाको चावी जस्तो देखिने- १ र दराजको हेन्डल- १ थान समानहरु प्रहरीले बरामद गरेको छ ।
उक्त युवकसहित सामानहरुलाइ नियन्त्रणमा लिई चोरी सम्बन्धी कसुरको मुद्दा दर्ता गरी जिल्ला अदालत बारा,कलैयाबाट ४ (चार) दिनको म्याद थप गरी अनुसन्धान कार्य भई रहेको बाराका प्रवक्ता एवंम प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन् ।

