सुनसरीका बाढीपीडितलाई खाद्य सहयोग

रासस
137 पाठक संख्या

सुनसरी । सुनसरीका बाढीपीडितलाई विभिन्न दातृ निकायले राहत सामग्री वितरण गरेका छन् ।

सदरमुकाम इनरुवासहित भोक्राहा, हरिनगर, देवानगञ्ज, बराहक्षेत्रका पीडितलाई सहयोग गरिएको हो ।

बाढीपीडितलाई भुजा, चिउरा, दाल, नुन, चाउचाउलगायत खाद्य सामग्री वितरण गरिएको इनरुवा जेसिजका अध्यक्ष सत्य यादवले बताउनुभयो ।

इनरुवा–४ मरिकटोलका ४० जनालाई खाद्य सामग्री हस्तान्तरण गरिएको छ ।

Leave a review