Sajhedari Daily
Latest News from Nepal

विद्यालय भवन शिलन्यास

नेपाल राष्ट्रिय माध्यमिक विद्यालय हार्दिया औरियाको विद्यालय भवन शिलन्यास गरिएको छ । उक्त भवनको बारा क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका सांसद रामसहाय यादवले वैदिक विधिबाट शुक्रवार शिलन्यास गरेका थिए ।

भवन शिलन्यास कार्यक्रममा प्रदेशसभा सदस्य बच्च राउत अहिर, सुवर्ण गाउँपालिका उपाध्यक्ष बबिता यादव,प्रमुख प्रशासकिय अधिकृत नविन श्रीवास्तव, वडा अध्यक्ष देवेन्द्र प्रसाद यादव, विद्यालयका प्रधानाध्यापक,शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो । उक्त विद्यालय भवन करिब ५२ लाखको लागतमा निर्माण हुने भएको छ ।

Comments are closed.

error: Content is protected !!