निवर्तमान सांसद श्रेष्ठले कुटनीतिक राहदानी फिर्ता गरे

साझेदारी दैनिक
259 पाठक संख्या

कलैया : विघटित प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान)ले प्रतिनिधि सभा सदस्यको हैसियतमा लिएको कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गरेका छन्। गत भदौ २७ गते विघटन गरिएको प्रतिनिधि सभामा श्रेष्ठ बारा क्षेत्र नं. ४ बाट निर्वाचित भएका थिए।

राहदानी नियमावली २०७७ को नियम १८ मा पदमा नरहेको एक महिनाभित्र रातो पासपोर्ट फिर्ता गर्नुपर्ने रहेको छ। असोज २३ गते सचिवालय अन्तर्गत गरेको अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय शाखामा श्रेष्ठले फिर्ता गरेको राहदानीलाई सचिवालयले समेत प्रमाणित गरिसकेको छ।

मधेश र मधेशमा बसोबास गर्ने नागरिकको हक हित र अधिकार संरक्षणका लागि दिलो ज्यान लगाएर लाग्ने प्रतिवद्धता उनले फेसबुकमा लेखेका छन्। जेन जी आन्दोलनका कारण उत्पन्न राजनीतिक परिस्थितिप्रति आफ्नो समर्थन रहेको उनले जनाएका छन्।

देशमा शान्ति, सुव्यवस्था र अमनचयनको वातावरण सिर्जना हुन जरुरी रहेको र त्यो नयाँ जनादेशबाट मात्र सम्भव रहेको उनले लेखेका हुन्। त्यसैले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचन शान्त, भयरहित र तोकिएकै समयमा हुनुपर्छ उनले जनाएका हुन्।

Leave a review

This will close in 0 seconds