Sajhedari Daily
Latest News from Nepal

सिम्रौनगढ नगरपालिकाको वडा नम्बर ३ मा २ जनामा कोरोना पुष्टि

Top Aside Banner

सिकेन्द्र पासवान /
बाराको सिम्रौनगढ नगरपालिकाको वडा नम्बर ३ मा २ जनामा कोरोना पुष्टि भएको छ । संक्रमित हुनेमा सिम्रौनगढ नगरपालिका वडा नम्बर ३ का २ जना रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सो वडाका १८ बर्षिय, र ३५ बर्षिय पुरुषमा कोरोना पुष्टि भएको हो । ती दुई भारतको ईनडोर र मुब्बईबाट रोजगारीबाट आएको नगर प्रमुख बिजयशंकर यादवले जानकारी दिनुभयो ।

जेष्ठ १४ गते एक सय २६ जनामा कोरोना परिक्षण गरेकोमा २ जनामा पोजेटिभ र एक सय २४ जनामा निगेटिभ रिजल्ट आएको नगर प्रमुख यादवले भन्नुभयो । अहिले सिम्रौनगढको कंकाली कोरेन्टीनमा अहिले करिब एक सयको हाराहारी कोरेन्टीनमा राखी उपचार भईरहेका छ ।

संक्रमित ती दुईलाई कलैया उपमहानगरपालिका वडा नम्बर ३ गंगापुमा रहेको आइसोलेसन वार्डमा ल्याउने तयारी भईरहेको प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पंडितले बताउनुभयो ।

यो संगै बारामा कोरोनाबाट संक्रमित हुनेको संख्या ६० पुगेको प्रहरी प्रवतmा गौतम मिश्रले जानकारी दिनुभयो । २ जना डिस्चार्ज भएको, १ जनाको मृत्यु भएको ३ जना वीरगंजको आइसोलेसनमा रहेको उहाँले भन्नुभयो ।