पर्सामा श्रोत नखुलेको रकमसहित किशन यादव पक्राउ

साझेदारी दैनिक
574 पाठक संख्या

वीरगञ्ज । पर्सा प्रहरीले श्रोत नखुलेको रकमसहित पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ का १९ वर्षीय किशन यादवलाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा आइतबार पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.१० आदर्शनगर नबिल बैंक अगाडि सडकखण्डमा संकास्पद रूपमा हिंडिरहेको अवस्थामा यादवलाई प्रहरीले पक्राउ गरेको हो।

यादवले लगाएको सेतो जिन्स पाइन्टको खल्तीबाट नेपाली रू.५०० दरका नोट ८६८ थान जम्मा रू.४ लाख ३४ हजार फेला पारी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिएका छन् ।

उनी विरुद्ध मुलुकी अपराध संहिता,२०७४ को दफा १२५ को (क) बमोजिम (हुण्डी सम्बन्धी कारोबार गर्न नहुने) कसूरमा पर्सा जिल्ला अदालतबाट अनुसन्धान गर्न पाँच दिनको म्याद थप गराई अनुसन्धान भइरहेको डिएसपी लम्सालले जानकारी दिए ।

Leave a review

This will close in 0 seconds