मालपोत कार्यालय रौतहटबाट चार बिचौलिया पक्राउ

साझेदारी डेलि
193 पाठक संख्या

रौतहट । रौतहटको भूमि सुधार तथा मालपोत कार्यालय गौरबाट चार जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ।

सरकारले मालपोत कार्यालयहरूमा बिचौलियाको प्रवेश निषेध गर्न निर्देशन दिएपछि प्रहरी टोली आज कार्यालयमा पुगेको थियो। सो क्रममा सेवाग्राहीसँग रकम असुली गरी काम गराउने चार जनालाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा रामनरेश कुमार, सञ्जय कुमार, सिकित नारायण र बब्लु प्रसाद रहेका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार चारै जनामाथि थप अनुसन्धान भइरहेको छ।

Leave a review