बारामा प्रहरीद्वारा पटाका बरामद

साझेदारी दैनिक
316 पाठक संख्या

कलैया । बारा प्रहरीले विभिन्न ब्राण्डका ५१ हजार बराबरको पटाका बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय अमलेखगंजबाट प्रहरी बरिष्ट नायब निरीक्षक धनप्रसाद श्रेष्‍ठको कमाण्डमा खटिएको प्रहरी टोलीले बुधबार सो पटाका बरामद गरेको हो।

बारा जिल्लाको जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.२१ अमलेखगंज स्थित रहेको प्रहरी कार्यालय अगाडी चेक प्वाईन्टमा रौतहटको ईशनाथ नगरपालिका वडा नं.०९ बस्ने अं.वर्ष २१ को नवल साहले रौतहटबाट चितवन तर्फ ना २१ प ८४१७ को होण्डा युनिर्कण मोटरसाइकलमा लोड गरी लैजादै गरेको १ बोरा पटाका प्रहरीले बरामद गरेको हो।

उक्त मोटरसाइकलसहित पटाका नियन्त्रणमा लिई आवश्यक कानुनी प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले जानकारी दिएका छन् ।

Leave a review