Sajhedari Daily
Latest News from Nepal

धुलोका कारण मारमा परेको भन्दै कोल्हवी ८ नयाँवस्तीका स्थानीयहरुद्धारा सडक अवरुद्ध

कोल्हवी

बाराको कोल्हवी नगरपालिका वडा नम्बर ८ नयाँवस्तीमा सडकमा अध्याधिक धुलो उडेको भन्दै स्थानीयहरुले आज सडक अवरुद्ध पारेका छन ।

उनीहरुले सडकबाट उड्ने धुलोका कारण मारमा परेको भन्दै स्थानीय निकायलाई दवाव दिने उदेश्यले विहान १० बजेदेखी सडक अवरुद्ध गरेको जनाएका छन । उक्त वडाको मिलन चौकदेखी कोल्हवी सपही जोड्ने चौकसम्म अध्याधिका धुलो उडेकाले धुलोबाट आजित भएर सडक बन्द गर्नमा बाध्य भएको स्थानीय मुकुन्द मैनालीले जानकारी गराएका छन । स्थानीय निकायहरु वडा तथा नगरपालिकामा वारम्वार जानकारी गराउदा सुनुवाई नै नभएपछि सडक बन्द गर्न बाध्य भएको मैनालीले बताए ।

नगरपालिकाले पटक पटक सडकमा ग्रेडर मात्र चलाउने र पानी नहाल्नाले सडक धुलाम्य भएकाले सडक छेउछाउका वासिन्दाहरु धुलो खान वाध्य भएको अर्की स्थानीय सरिता खड्काले गुनासो गरिन । दैनिक रुपमा कम्तिमा दुई पटक पानी हाल्नुपर्ने स्थानीयहरुको माग रहेको खड्काले भनिन्  ।

यता वडा अध्यक्ष सार्थक पौडेलसंग प्रतिकृया लिदा मधुवनदेखी महेन्द्र राजमार्गसम्म जोड्ने १३ किमिसम्म सडक विग्रीएर खाल्डा खुल्डी भएकाले ग्रडेर लगायर मिलाएर मर्मत कार्य भईरहेको बताएका छन । ग्रेडर लगाएपछि सडकमा धुलो उठेको स्वीकार गर्दै पानी हाल्न नगरपालिकासंग पटक पटक पहल गरेको तर नगरपालिकामा ट्याङ्करको कमीका कारण पानि हाल्न नसकिएको वडा अध्यक्ष पौडेलले बताए । वडा स्तरमा सवारी साधान नभएकोले नगरपालिकामा पनि समित स्रोत साधनका कारण चाहेर पनि पानि हाल्ने कार्य हुन नसकेको वडाअध्यक्ष पौडेले जानकारी गराए । धुलोका कारण स्थानीयहरु मारमा परेको स्वीकार्दै प्रयास भईरहेको वडाअध्यक्षले जनाए ।

यसै विषयमा कोल्हवी नगरपालिकाका नगरप्रमुख भरत भण्डारीसंग प्रतिकृया लिन प्रयास गरेपनि उनको मोवाईल अफ रहेकाले सम्र्पक हुन सकेन ।

सडक अवरुद्ध भएपनि त्यसक्षेत्रमा चल्ने ट्याक्टर, टिफर लगायत ठुला सवारी साधनको आवागमन बन्द भएको छ । बन्दकर्ताहरुले हलुका सवारी साधनलाई मात्र छाड्ने गरेको एक स्थानीयले बताए । वन्द वारे ईलाका प्रहरी कार्यालय कोल्हवीका प्रहरी निरिक्षक शेखर साहसंग अपरान्न १ बजे जानकारी लिदा उनले आफुलाई कुनै जानकारी नभएको बताएका थिए ।

Comments are closed.