थारु कल्याणकारिणी सभाद्वारा बारामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

साझेदारी दैनिक
308 पाठक संख्या

कोल्हवी : बिनिता चौधरी / थारु कल्याणकारिणी सभा जिल्ला कार्य समिति बाराको आयोजनामा बिहीबार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।

बकुलिया क्याम्पसको सभाहलमा भएको सो कार्यक्रम थारु कल्याणकारिणी सभा जिल्ला कार्य समिति बाराको सभापति रामप्रसाद चौधरीको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो।

थाकसका केन्द्रीय उपाध्यक्ष हृदयनारायण चौधरीले गमलामा पानी हाली उक्त कार्यक्रमको उद्घाटन गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चौधरीले थारुहरुले पाउनु पर्ने हक अधिकार अहिलेसम्म पाउन नसकेको जनाए। थारुहरु नेपालको भूमि पुत्र भएकोले यहाँको जल, जमिन र जलमा थारुहरुको हक अधिकार रहेको दावी गरे।

थारु भाषा साहित्यका आशु कविको रुपमा समेत चौधरीको परिचय रहेको छ। कार्यक्रममा जयप्रकाश चौधरी, भुवन चौधरी, बासुप्रसाद चौधरी, डा. कृष्ण सर्वहारा लगायतकाले शुभकामना आदान प्रदान गरे।

कार्यक्रममा साहित्यकार एवम् वरिष्ठ पत्रकार डा . कृष्ण सर्वहारा, राष्ट्रिय थारु कलाकार मंच मधेस प्रदेश संयोजक भुवन चौधरी, अतिथिहरुमा था. क. स. जितपुर सिमरा नगर कार्य समितिका सभापति राजेन्द्र चौधरी, वडा नं. ५ का वडा अध्यक्ष दिपेन्द्र चौधरी, थारु अगुवाहरु बिनोद चौधरी , हरेन्द्र चौधरी लगायतको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा बाराका थारु चर्चित मोडेल सानिया चौधरीले आफ्नो प्रस्तुति प्रस्तुत गरेकी थिइन् । यादवकृष्ण चौधरीले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य जिल्ला उपसभापति लक्ष्मीकान्त प्यारेलालको थियो।

Leave a review