बारामा तीन लाख भन्दा बढीलाई दिइयो हैजा विरुद्धको खोप

साझेदारी दैनिक
338 पाठक संख्या
फाइल फोटोः बाराका सहायक प्रजिअ छविरमण भट्राई खोप लिदै

कलैया । बारामा तीन लाख भन्दा बढीलाई हैजा विरुद्धको खोप दिइएको छ। बारा जिल्लाको ६ वटा पालिकामा तीन लाख १७ हजार २ सय ४२ जनालाई हैजा विरुद्धको खोप दिइएको जिल्ला जनस्वास्थ्य कार्यालय बाराले जनाएको छ।

विश्व स्वास्थ्य संगठनको सहकार्यमा असोज २७ गतेदेखि खोप दिने अभियान शुरु भएको थियो। यो खोप कलैया उपमहानगरपालिका, जीतपुरसिमरा उपमहानगरपालिका, फेटा गाउँपालिका , विश्रामपुर गाउँपालिका, प्रसौनी गाउँपालिका, परवानीपुर गाउँपालिकामा कात्र्तिक २ गतेसम्म हैजाविरुद्धको खोप अभियान संचालन भएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय बाराका अनुसार कलैया उपमहानगरपालिकामा १ लाख २१ हजार ९ सय ३४, जितपुरसिमरा उपमहानगरपालिकामा १ लाख ८ हजार ६ सय ७३, फेटा गाउँपालिकाकामा २१ हजार ७ सय ८६, विश्रामपुर गाउँपालिकामा १९ हजार ६ सय ३२, परवानिपुर गाउँपालिकामा २१ हजार ७ सय १७ र प्रसौनी गाउँपालिकामा २३ हजार ५ सय जनालाई हैजा विरुद्धको खोप दिईएको छ । एकवर्ष भन्दा माथिका नागरिकहरुलाई खोप दिईएको हो।

पर्सामा ५ लाख ४७ हजार ३११ जनालाई हैजा विरुद्धको खोप दिइएको छ। गत भदौ ६ मा पर्साको वीरगञ्ज महानगरपालिका–१२ को मुरली टोलबाट हैजा सुरु भएको थियो।हैजाबाट हालसम्म पर्सा र बारामा एक हजार ६ सय ८५ बिरामी भएका थिए।

Leave a review