रौतहटमा करेन्ट लागेर पूर्व वडाअध्यक्ष यादवको मृत्यु

Subash Kumar Mishra
392 पाठक संख्या

रौतहट । रौतहटमा करेन्ट लागेर पूर्ववडा अध्यक्ष एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गौर नगरपालिका–५ का पूर्व वडाअध्यक्ष रामस्वार्थ यादवको करेन्ट लागेर बुधबार विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । प्रहरीका अनुसार पुर्व वडाअध्यक्ष यादव आफ्नै करेसाबारीमा विद्युतीय मोटरमार्फत पानी सिँचाइ गर्ने क्रममा अचानक करेन्ट लागेको हो ।

करेन्ट लागेर गम्भीर घाइते भएका यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर पुर्‍याएका थिए । तर चिकित्सकले उनलाई ४:३० बजे मृत घोषित गरेका थिए।

हाल उहाँको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमै राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

स्वर्गीय यादव स्थानीय राजनीतिमा सक्रिय, समाजसेवी तथा सहयोगी स्वभावका व्यक्तित्वका रूपमा परिचित रहेकोे यादवको निधनले पुरै गौरबासी अहिले शोकमा डुबेको छ ।

Leave a review

This will close in 0 seconds