वेबसाईट बनाउँन सोच्दै हुनुहुन्छ ? कल गर्नुहोस : +977-9861436955

कोल्हवीमा निर्माण हुने १५ सैया अस्पतालको पुर्वस्वास्थ्यमन्त्री चौधरीद्धारा शिलान्यास

कोल्हवी,१५मंसीर बाराको कोल्हवीमा निर्माण हुने १५ सैयाको अस्पताल बन्ने भएको छ।कोल्हबी नगरपालिका वडा नम्बर ११ रामपुर्वामा निर्माण हुने १५ सैयाको अस्पतालको सोमवार बारा क्षेत्र नम्बर एकका केन्द्रिय सांसाद तथा पुर्व स्वास्थ्यमन्त्री चौधरीले सिलान्यास गरेका छन ।

उपस्वास्थ चौकीलाई स्वास्थ चौकीमा र १५ सैयाको अस्पताललाई २५ सैया देखि १०० भन्दा अधिक सैयामा अप ग्रेडिङ गरेको स्मरण गर्दै गराएका छन । आफू जहिले पनि यस क्षेत्रका जनताको हक अधिकारको लागि एक कदम अगाडि रहने सासद चौधरीले बताएका छन ।

शिलान्यास कार्यक्रमको कोल्हवी नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष नन्दकिशोर चौधरीको अध्यक्षतामा भएको हो । कार्यक्रममा ईलाका प्रशासन कोल्हवीकको प्रमुख, वडा नम्बर १ का अध्यक्ष बिरेन्द्र चौधरी, वडा नम्बर ३ का किसुनदयाल चौधरी, वडा नम्बर ५ का बासुप्रसाद चौधरी, वडा नम्बर ७ का बिरेन्द्र चौधरी वडा नम्बर ९ का योगेश चौधरी, समाजसेवी सचिब रामप्रसाद चौधरी,कृष्ण चौधरी तामागढी बन समितिका संयोजक रबिन्द्र पनुहर लगायतको सहभागिता रहेको थियो ।

तर कोल्हवी नगरपालिकाका नगरप्रमुख भरतबहादुर भण्डारीले भने सोमवार एक विज्ञप्ती जारी गर्दै अस्पताल शिलान्यासका लागि आवश्यक तयारी पुरा नभएकोले स्थगित गरिएको भनि सूचना जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया
error: Content is protected !!