छठ पर्वको तेस्रो दिन आज अस्ताउदो सूर्यलाई दिइयो अर्घ्य

सन्तोष पाण्डे
114 पाठक संख्या
filter: 2203; fileterIntensity: 0.000000; filterMask: 0; captureOrientation: 0; hdrForward: 3; shaking: 0.000000; highlight: 1; algolist: 0; multi-frame: 1; brp_mask: 8; brp_del_th: 0.0035,0.0000; brp_del_sen: 0.1300,0.0000; delta:1; bokeh:1; module: portrait;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 7864320;cct_value: 0;AI_Scene: (0, 0);aec_lux: 146.57939;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: 0;weatherinfo: weather:null, icon:null, weatherInfo:100;temperature: 41;zeissColor: bright;

बारा । तराई मधेसमा अत्यन्त कठिन र निष्ठापूर्वक मनाइने छठ पर्वको तेस्रो दिन आज सोमबार बारा सहित देशभर व्रतालुहरुले अस्ताउदो सूर्यलाई अर्घ्य दिएका छन ।

बारा जिल्लाका अधिकाशंं स्थानहरुमा ब्रतालु महिलाले नदी, पोखरी, तलाउ लगायतका जलाशयमा तयार पारिएको छठघाटमा पुगेर साँझ पख अस्ताउदो सुर्यलाई अर्घ्य दिएका हुन ।

सत्य, अहिंसा र सबै जीवप्रति सहानुभूति राख्ने चार्डका रुपमा रहेको छठ पर्वमा तेस्रो दिन सोमबार सदरमुकाम कलैया, जीतपुरसिमरा, सिम्रौनगढ, बरियारपुर, कोल्हवी, निजगढ, बरियारपुर लगायत जिल्लाका सवै गाउँहरुमा आईतवार साँझ अस्ताउदो सूर्यलाई अघ्र्य दिएर व्रतालुहरुले पूजा अराधना गरेको छन । यसदिन षष्ठी तिथीलाई छठको मुख्य दिन अर्थात संझीया घाट भन्ने गरिन्छ ।

यो पर्वमा विशेषगरी सूर्य भगवान र छठी मातालाई ब्रतालुहरुले पूजा अराधना गर्दै गंहु वा चामलको पिठोबाट तयार पारिएको ठेकुवा, मुला, गाजर, अदुवा,बेसारको हरियो बोट, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानी सिंगडा, सुथनी, उंखु, बोडी, फर्सी, पानको पात, मिठाई (बतासा) लाई नाङ्गलो, सुपुली, दौउरा वा छैंटीमा राखी व्रतालुहरुले अर्घ्य दिएको छन ।

आज सोमबार अस्ताउदो सूर्यलाई अर्घ्य दिई सकेपछि (भोली) मंगलबार सप्तमीका दिन बिहान उदाउंदो सूर्यलाई अघ्र्य दिएर पूजापाठ गरीसकेपछि छठ पर्व विधिवत रुपमा समापन गरिन्छ ।

व्रतालुहरुले यसभन्दा अघि कात्तिक शुक्ल पक्षमा चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिनलाई नहाए खाए (नुहाउने खाने), दोस्रो दिन पञ्चमी तिथिको ‘खरना’ निर्जला व्रत बसी सांँझ पख नुहाएर चोखो हुंदै चन्द्रमालाई पूजा पाठ गर्ने, तेस्रो दिन षष्ठीका दिन अस्ताउदो सूर्यलाइृ अर्घ्य दिने प्रचलन छ ।

ब्रतालुहरुले छठघाटमा पुगेर चमुक, ढकनामा अर्घलाई राखेर अस्ताउदो सूर्यलाई अर्घ्य दिने गर्दछन । अर्घ्य दिईसकेपछि राति परेपछि कोशी भएकाहरुले आ–आफनो आङ्गनमा आई माटोको हाती, उखु र चमुकमा बती बालेर कोशी भर्ने गर्दछन । आफुले छठी मातासंग राखेको मनोकांक्षा (भाकल) पुरा भएको भन्दै कोशी समेत भर्ने गरेका छन ।

मधेशी समुदायहरुले मात्र मनाउने पर्वको रुपमा लिईएपनि बाराको कलैया, वारेवा, वरियारपर, ईनर्वासिरा लागायतमा बसोवास गर्ने पहाडी समुदायहरुले पनि यसपर्वलाई मनाउदै आएका छन । कलैया–५ अदालत टोल निवासी ४५ बर्षिया विन्दादेवी पराजुलीले १५ बर्षदेखी आफुले यो पर्व मनाउदै आईरहेको बताईन ।

छठ पर्वमा सन्तान र परिवारको सुख शान्ति तथा रक्षाको कामना गर्दै छठी माता र सूर्य भगवानको पूजा गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने पनि धार्मीक जनविश्वास रही आएको छ ।

Leave a review