रौतहट जिल्ला अदालत गौरमा अख्तियारको छापा, ५० हजार घुस रकमसहित सिंह पक्राउ

साझेदारी डेलि
325 पाठक संख्या

रौतहट । करण कुमार मिश्र/ रौतहट जिल्ला अदालत गौरमा कार्यरत एक कर्मचारी ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। अदालतका डिट्ठा लभ कुमार सिंह ५० हजार रुपैयाँ घुससहित रंगेहात समातिएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडाबाट खटिएको टोलीले सिंहलाई अदालत परिसरभित्रै नियन्त्रणमा लिएको हो ।

सेवाग्राहीसँग मुद्दा मिलाइदिने नाममा उनले घुस मागेको उजुरी परेपछि अख्तियारले निगरानी बढाएको थियो । सोही क्रममा डिएसपी राजिव श्रेष्ठको नेतृत्वमा पुगेको टोलीले रकम बुझ्दै गरेका बेला उनलाई समातेको जनाएको छ ।

अदालतजस्तो संवेदनशील ठाउँमै घुस लेनदेन भएपछि घटना झन् गम्भीर बनेको छ । अख्तियारले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Leave a review