लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार बिरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसारमा कलैयामा प्रभात फेरी

संदिप प्रसाद यादव
355 पाठक संख्या

लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसारमा कलैयामा प्रभात फेरी कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला प्रशासन कार्यालय बारा,जिल्ला प्रहरी कार्यालय बारा र समाज सेवा सुधार युवा नेपाल कलैयाको संयुक्त आयोजनामा लागू औषध दुरुपयोग र अवैध ओसारपोसार बिरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसारमा कलैयामा बुधबार प्रभात फेरी कार्यक्रम सम्पन्न भएको हो ।

लागू औषध दुरुपयोग तथा अवैध ओसारपोसार बिरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसारमा लागु औषध सम्बन्धी सचेतनामुलक ¥याली कार्यक्रम जिल्लाको कलैया उप–महानगरपालिका वडा नम्बर १ भरत चोकबाट सुरु भई बजार एरियामा परिक्रमा गरी भरत चोकमा कोणसभामा परिणत भएको थियोे ।

लागु औषध दुरुपयोग विरुद्ध लडौं,रोकथाममा जोड दिऔं मूल नाराका साथ उक्त कार्यक्रम सम्पन्न भएको हो ।

जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेको प्रमुख आतिथ्यतामा उक्त प्रभात फेरि कार्यक्रम भएको थियोे ।

उक्त कार्यक्रममा प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्का,सशस्त्र प्रहरी उपरीक्षक संतोष बहादुर सिंह र राष्ट्रिय अनुसन्धानका उप–अनुसन्धान निर्देशक दिपक खड्का, नेपाली कांग्रेस पार्टीका जिल्ला सचिव राजेश रौनियार,अन्तर्राष्ट्रिय कव्डी खेलाडी फुलमहम्द मंसुर, स्थानीय सर्वसधारण,जनप्रतिनिधि,भद्रभलादमी,बुद्धिजिवी,समाजसेवी,विभिन्न संघ संस्था,संचारकर्मी,सुरक्षाकर्मी विद्यालयका शिक्षक तथा विद्यार्थीहरू समेत गरी अन्दाजी ४ सय जनाको सहभागितामा रहेको प्रहरीले जनाएको छ ।

Leave a review