हातेमालो साकोसको १८ औंँ वार्षिक साधारणसभा सम्पन्न

साझेदारी दैनिक
240 पाठक संख्या

जीतपुर : बाराको सिमरामा रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्था सिमराको १८ औं वार्षिक साधारणसभा सहितको अधिवेशन शनिबार सम्पन्न भएको छ।

सहकारीकै जेष्ठ सदस्य ९३ वर्षीय देवीभक्त लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा यसवर्ष विशेष रूपमा संस्थाका सदस्यहरू मात्र सहभागी भएका थिए। कार्यक्रम संस्थाका अध्यक्ष यज्ञबहादुर आलेको अध्यक्षता तथा सचिव इर्दस मियाको सञ्चालनमा सम्पन्न भएको थियो।

कार्यक्रममा संस्थाका सदस्य एवं पूर्वमन्त्री पुरुषोत्तम पौडेल, पूर्वप्रदेशसभा सदस्य सुन्दरबहादुर बिक, सीता गुरुङ लगायतको उपस्थिति उल्लेखनीय थियो। साधारणसभाले संस्थाको गतवर्षको कार्यसम्पादनमाथि समीक्षा गर्दै आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको छ ।

सभाबाट रामचन्द्र पौडेल अध्यक्ष, मनकुमारी खनाल उपाध्यक्ष, चुडामणि गौतम सचिव र पेसल कुमार मुल्मी कोषाध्यक्षमा निर्वाचित भएका छन्। त्यस्तै, मन्जु दहाल, राजु पौडेल, बिनामाया गुरुङ, अजय बिक र पासपत प्रसाद साह सदस्यका रूपमा चयन भएका छन्।

लेखा समितिमा यज्ञबहादुर आले संयोजकका रूपमा चयन हुनुका साथै हेमराज न्यौपाने र सुनिता सापकोटा सदस्य बनेका छन्। साधारणसभाले सहकारीको आर्थिक सुदृढीकरण, पारदर्शिता र सदस्य हितमुखी कार्यक्रमलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेको छ। सभामा सहभागीहरूले संस्थाको निरन्तर प्रगतिका लागि एकताबद्ध भएर अघि बढ्ने संकल्प समेत व्यक्त गरेका छन्।

Leave a review

This will close in 0 seconds