कलैया : बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले तयार गर्न लागे पहिलो आवधिक योजना निर्माण प्रक्रियाका लागि छलफल सुरु भएको छ ।
आवधिक योजना निर्माण प्रक्रियाका उपमहानगरपालिकाको वडा नम्बर १७ जैतापुरमा वडा स्तरीय अवस्था विश्लेषण, तथ्यांक संकलन सम्बनधी शनिवार सरोकारवालाहरुसंग छलफल गरिएको हो ।
उपमहानगरपालिकाले आफ्नो बार्षिक स्वीकृत कार्यक्रम अन्तरगत नै निर्माण गर्न लागिएको लआवधिक योजनाका लागि आयोजित छलफलमा वडा नम्बर १७ का राजनीतिक दल, संघसंस्था प्रतिनिधि, बुद्धिजिवी, समाजसेवी, शिक्षक, वडाप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
छलफलमा सहभागिहरुले वडा नम्बर १७ मा रहको कृषि, पशुपालन, शिक्षा,स्वास्थ,पर्यटन,पुर्वधार,सडक, सिचाई, बातावरण,सरसफाई लगायतका विषयहरुका समस्या र आगमी दिनहरुमा गर्नुपर्ने योजनाका वारेमा विज्ञ टोलीलाई जानकारी गराएका थिए ।
वडा अध्यक्ष भिम बहादुर गंतानको अध्यक्षतमा भएको उक्त छलफलमा आवधिक योजना निर्माणका परामर्शदाताका रुपमा आउनुभएका योग शर्मा, प्रकास पौडेल,वडा सदस्य प्रदिप चौधरी, कलितादेवी, वडा सचिव निरु कार्की लगायतको सहभागिता रहेको थियो ।
निर्माण गरिने आवधिक योजनामा नगरको दीर्घकालीन सोच, लक्ष्य, उद्देश्य, रणनीति, स्रोत परिचालनका उपाय तथा सामाजिक–आर्थिक रुपान्तरणका कार्यक्रमहरूको मूल दस्तावेज हुने नगर प्रमुख राजन पौडेलले बताए ।

