अमावको अम्बेश्वरनाथ महादेव मन्दिरमा नगर प्रमुख चौधरीले गरे दर्शन

साझेदारी दैनिक
498 पाठक संख्या

कोल्हवी : बिनीता चौधरी । बाराको कोल्हबी नगरपालिका- १० अमावमा रहेको अम्बेश्वरनाथ महादेव मन्दिरमा महाशिवरात्रीको दिन कोल्हवी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरी र उपप्रमुख लक्ष्मी कुमारी चौधरीले दर्शन गर्नु भएको छ ।

दर्शन गरे लगतै नगर प्रमुख र उपप्रमुखले टिका र रुद्राक्षका माला ग्रहण गर्नु भएको थियो ।

दर्शन पश्चात नगर प्रमुख रामप्रसाद चौधरी र उपप्रमुख लक्ष्मी कुमारी चौधरीले सहयोगी मनको धनि कोल्हबी १० अमाव निवासी श्रीमान बलेंन्द्र चौधरी र श्रीमती जागबती देबी चौधरीले आयोजना गर्नु भएको निशुल्क खाजा र नास्ता कार्य्रक्रममा सरिक हुनु भएको थियो ।

कोल्हवी नगरपालिकाको धरोहरको रुपमा रहेको अम्बेश्वर महादेव मन्दिरमा हिजो शिवरात्रीको दिन दर्शनार्थीहरुको घुइचो लागेको थियो ।

कोल्हबी नगरपालिका,करैयामाइ गाउँ पालिका,बारागढी गाउँपालिका,जितपुरसिमरा उपमहानगरपालिका छिमेकी जिल्ला रौतहटको फतुवाबिजयपुर नगरपालिका लगाएतको स्थानबाट हजारौको संख्यामा दर्शनार्थीहरु दर्शन गर्न र मेला हेर्न आएका थिए ।

मेलामा बालबालिकाहरुको मनोरंजनका लागि विभिन्न किसिमको खेल तमासाको व्यवस्था गरिएको छ ।

यस बर्ष मेलामा आउने भक्तजन र दर्शनार्थीहरुलाइ कुनै किसिमको समस्या नहोस भनी शान्ति सुरक्षाको लागि ईलाका प्रहरी कार्यालय कोल्हबी, सशस्त्र प्रहरी बल कोल्हबीका सुरक्षाकर्मीहरु परिचालन गरिएको कोल्हवी नगरपालिका- १० का वडा अध्यक्ष कुन्जबिहारी चौधरीले जानकारी गराउनु भयो । मेला आज बिहीबार सम्म रहने छ ।

दर्शन गर्न नगर प्रमुख र उपप्रमुखसंग कोल्हवी नगरपालिका १० का वडा अध्यक्ष कुंजबिहारी चौधरी,११ का वडा अध्यक्ष नन्दकिशोर चौधरी,नेपाली कांग्रेस वडा न १० का सभापति सुरेशबाबु चौधरी,नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बाराका जिल्ला अध्यक्ष धीरेन्द्र पनुहर,वडा नम्बर १० का समाजसेवी बिश्वनाथ चौधरी,वडा सदस्य मनोज साह लगायतको उपस्थिति रहेको थियो ।

Leave a review