कलैया । करदाता सेवा कार्यालय कलैयाले १४ औँ राष्ट्रिय कर दिवस बारामा भव्यताका साथ मनाएको छ। विभिन्न कार्यक्रमका साथ धुमधामपूर्वक यो दिवस सोमबार मनाएको हो।
करदातामा करप्रति जागरुकता अभिवृद्धि गर्ने उद्देश्यले विशेष समारोहविच यो दिवस मनाइएको हो। कलैया उपमहानगरपालिका ७ स्थित कार्यालय भवन हलमा सो कार्यक्रम भएको हो।
कार्यक्रममा करदाताहरुले कर प्रणालीलाई सरल, पारदर्शी र करदाता–मैत्री बनाउन आग्रह गरेका थिए। कार्यालय प्रमुख अन्जु कर्णले पछिल्लो समय गरिएको सुधार, सेवा विस्तार र डिजिटल कर प्रणालीका फाइदाबारे विस्तृत जानकारी गराइन्।
नियमित रूपमा कर तिर्ने उत्कृष्ट करदाताहरुलाई उक्त अवसरमा सम्मानपत्र प्रदान गरिएको हो। अगामी दिनमा कर प्रशासनलाई अझ प्रभावकारी र व्यवस्थित बनाउन स्थानीय सरोकारवालासँग सहकार्य बढाउने उनले जनाइन्।
कर शिक्षा कार्यक्रमलाई विद्यालय, उद्योग–व्यवसाय तथा समुदायसम्म लैजाने उनले प्रतिबद्धता व्यक्त गरिन्। हाल करदाता सेवा कार्यालय खारेज गरिए पनी अहिले त्यसबारे स्पष्ट पत्र नआएको उनले जनाइन्। आफुहरुले सेवा दिने बताईन।
कार्यालयले आफ्नो छेत्र अन्र्तगतमा यो बर्षको उत्कृष्ट करदाताका रुपमा एक व्यवसायिक संस्थालाई सम्मान गरेको छ। श्री शिवपार्वती एग्रो प्राली प्रसौनी ४ बारालाई सम्मान पत्रका साथ सम्मान गरिएको छ।
उक्त अवसरमा उद्योग वाणिज्य संघ बारा कलैयाका अध्यक्ष राजकुमार साहले जब सम्म करदाताहरुको सहजताकालागि यो कार्यालय यहीबाट सञ्चालन गर्न ध्यानाकर्षण गराएका थिए।
उक्त अवसरमा उद्योग वाणिज्य संघ बाराका महासचिव रामाशिष साह कानु,कोषाध्यक्ष अजय कुमार बुढा,बिनोद तुलाधर,नासु रमेश प्रसाद कुर्मी,रणेश्वर कर्ण,प्रशुराम काफ्ले,मुनेन्दर प्रसाद यादव,कर सहयोगी चन्दन ठाकुर लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन मनोजप्रसाद गुप्ताको थियो।

