नेपाल उद्योग बाणिज्य महासंघको निर्वाचित पदाधिकारीहरुको स्वागत तथा सम्मान

साझेदारी दैनिक
1.1k पाठक संख्या

रञ्जन यादब/
जीतपुुरसिमरा नगर उद्योग बाणिज्य संघले नेपाल उद्योग बाणिज्य महासंघको ५४ औँ बार्षिक सधारणसभाबाट निर्वाचित पदाधिकारीहरुले स्वागत तथा सम्मान गरेको छ ।

नगर उद्योग बाणिज्य संघले बाराको सिमरा स्थित ईच्छा होटलमा आयोजना गरेको कार्यक्रममा केन्द्रिय कार्यकारीणी सदस्यमा निर्वाचित पदाधिकारीहरुलाई सम्मान तथा स्वागत गरेको हो ।

सम्मान हुुने कार्यकारिणी सदस्यहरुमा बिरगंज उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल केडिया ,बरिष्ठ उपाध्यक्ष सुुबोध गुुप्ता र बाग्मती प्रदेशका उद्योग बाणिज्य संघका पुुर्ब अध्यक्ष अरुण राज सुुमार्गि रहनुु भएको छ । उहाँहरुलाई नगर उद्योग बाणिज्य संघका अध्यक्ष संजय कुुमार साहले फुुलमाला लगाई सम्मान पत्रले सम्मान गर्नुुभएको थियो ।

निर्वाचित तीनै जना कार्यकारिणी सदस्यहरुले जीतपुुरसिमरा नगर उद्योग बाणिज्य संघलाई महासंघमा मतदाता बनाउन पहल गर्ने र संघ बिकासको लागि आवश्य अन्य सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुुभएको थियो ।

मानिसमा उच्च हौसला र कार्यप्रति लगाव भएमा जुुनसुकै कार्यमा सफलता हासिल गर्न सकिने बक्ताहरुको भनाई रहेको थियो ।नगर उद्योग बाणिज्य संघका अध्यक्ष साहको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन बरिष्ठ उपाध्यक्ष मोहन शर्मा लामिछानेले गर्नुुभएको थियो ।

कार्यक्रममा स्वागत मनत्बय महासचिव शिवजी साहको रहको थियो ।कार्यक्रममा बारा उद्योग बाणिज्य संघका पुुर्ब उपाध्यक्ष गणेशजी प्रसाद साह ,सिमरा उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष तथा नगर उद्योग बाणिज्य संघका सल्लाहकार रेशम तिबारी ,ईलाका प्रहरी कार्यालय सिमराका प्रमुुख प्रहरी नायब उपरिक्षक दिपक श्रेष्ठ ,ईलाका प्रहरी कार्यालय सिमराका प्रमुुख लक्ष्मण ढकाल लगायतको सहभागिता रहेको थियो ।

Leave a review