Sajhedari Daily
Latest News from Nepal

लैङ्गिक हिँसा बिरुद्ध १६ दिने अभियानको अन्तिम दिन नगर स्तरीय बक्तृत्वकला कार्यक्रम

रञ्जन यादब/
जीतपुुरसिमरा उपमहानगरपालिकाद्धारा सञ्चालित लैङ्गिक हिँसा बिरुध १६ दिने अभियानको आज समापन भएको छ । लैङ्गिक हिँसा बिरुध १६ दिने अभियानको आज अन्तिम दिन उपमहानगरपालिकाले बिद्यालय स्तरीय बत्तृmत्वकलाको आयोजना गरेको छ ।

लैङ्गिक हिँसा अन्तयको प्रतिबद्धता ः ब्यक्ति, समाज र सबैको एक्यबद्धता शिर्षकमा नौँ वटा बिद्यालयका बिद्यार्थीहरुले आफनो धारणा पाँच मिनेट भित्र राखेका थिए । उपमहानगरपालिकाले प्रथम ,दितीय र तृतीय हुुने बिद्यार्थीहरुलाई नगद ,प्रमाणपत्र ,मेडल र शिल्डले सम्मान गरिएको थियो ।

प्रतियोगिताको प्रथम हुुनेमा नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय ,सिमराका रितिका अधिकारी ,द्धितीय हुुनेमा नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय ,डुुमरबानाका प्रतिक्षा अधिकारी , तृतिय हुुनेमा नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय फत्तेपुुरका शान्ति साह र चौथो स्थान हासिल गर्ने नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय जैतापुुरका बिनिता कार्कीलाई सान्तावना पुुरस्कारले सम्मान गरिएको थियो ।

जीतपुुरसिमरा उपमहानगरपालिकाले उपमहानगरभरिका १५ वटा सामुुदायिक माध्यमिक तहका बिद्यालयहरुलाई सहभागिताको लागि पत्रचार गरेपनि नौँ वटा बिद्यालयका बिद्यार्थीहरुको सहभागिता रहेको थियो । बक्तृत्वकलामा कक्षा ८ देखि १२ कक्षा सम्मका बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

बक्तृत्वकलामा भाग लिएका बिद्यार्थीहरुको बक्तृतित्व कलाको मुुल्याङकन तिन सद्स्सीय निर्णायक मण्डलले गरेको थियो ।निर्णायक मण्डलमा युुवा ,खेलकुुद तथा शिक्षा महाशाखाका अधिकृत हरिस भट्ट ,नगर स्तरीय बिपद ब्यवस्थापन शाखाका अधिृत राम शर्मा र शिक्षिका देबि साप्कोटा रहनुुभएको थियो ।

उपमहानगरपालिकाको उपप्रमुख सरस्वती देबी चौधरीको अध्यक्षतामा भएको कार्याक्रममा जीतपुुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुुख डा.कृष्ण पौडेल ,प्रमुुश प्रशासकीय अधिकृत चेत कुुमार पोख्रेल ,युुवा ,खेलकुुद तथा शिक्षा महाशाखा प्रमुख शिवजी साह,प्रहरी निरिक्षक राजकिशोर साह ,कार्यपालिका सदस्य सुुबोद्रा लम्साल ,अनिता चौधरी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालक समाजिक बिकास शाखा प्रमुुख अधिकृत दुुर्गा न्यौपानेले गर्नुुभएको थियो । मंसिर १० गते देखि सुुरु भएको लैङिगक हिंसा बिरुद्धको १६ दिने अभियान २५ गते सम्म चलेको थियो ।

Comments are closed.