सिमरा घटनापछि बढ्दो तनाव, प्रशासन–जेनजीबीच वार्ताको तयारी

साझेदारी दैनिक
247 पाठक संख्या

कलैया । बाराको सिमरामा भएको झडपपछि निरन्तर तनावपूर्ण बनेको अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय र जेनजी समूहबीच बार्ता गर्ने तयारी अघि बढेको छ। शान्ति–सुरक्षाको चुनौती बढ्दै गएपछि दुवै पक्ष संवादतर्फ उन्मुख भएको छ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जेनजी समूहका प्रतिनिधिसँग फोनमार्फत सम्पर्क गरेर बार्तामा बस्न आग्रह गरेका थिए । उक्त आग्रह पछि प्रशासन र जेनजी समुहबीच बार्ताको तयारी अघि बढाएको बताइएको छ।

यद्यपि बार्ता कहाँ बस्ने भन्ने विषयमा भने अन्तिम टुंगो लागेको छैन। जिल्ला प्रशासन कार्यालयमै बस्ने कि इलाका प्रहरी कार्यालय सिमरामा बस्ने भन्ने विषयमा प्रशासनभित्र आन्तरिक समन्वय चलिरहेको छ।

Leave a review

This will close in 0 seconds