नियन्त्रित लागु औषधसहित दुई जना पक्राउ

साझेदारी दैनिक
376 पाठक संख्या

वीरगञ्जबाट नियन्त्रित लागु औषध सहित दुई जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले बाराको जितपुर सिमरा उपमहानगरपालिका–७ बस्ने २५ वर्षीय सुरजसाह कलवार र सोही स्थानका २० वर्षीय सलमान अन्सारीलाई पक्राउ गरेको हो ।

वीरगञ्ज महानगरपालिका–२५ खल्वा टोलबाट पैदल हिडिरहेका दुबै जनाले लगाएको जुत्ता र शरिरबाट लागु औषध बरामद भएको हो ।

उनीहरुबाट नाइट्राभेट ३८ पत्तामा पाँच सय ७० पिस ट्याब्लेट फेला परेको पर्साका प्रहरी प्रबक्ता डिएसपी दिपक भारतीले जानकारी दिए ।

पक्राउ परेका लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको उनले बताए ।

Leave a review