Sajhedari Daily
Latest News from Nepal

मनहर्वा साना किसानको साधारणसभाले संस्थाको नेतृत्वमा पुन ः खड्कालाई,पत्रकार खतिवडा सम्मानित

जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका १८ स्थीत रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाको १८ औँ साधारणसभा शुक्रवार सम्पन्न भएको छ ।

छैंठा अघिवेशन सहितको साधारसभाबाट सहकारीले नेतृत्व समेच चयन गरेको छ । संस्थाको अधिवेशनबाट आगामी ४ बर्षे कार्यकालका लागि पूनःनयनकला खड्काको नेतृत्वमा १३ सदस्य संचालक समिति गठन गरेको छ ।

संस्थाको उपाध्यक्षमा पुनः फुलकुमारी बस्नेत चयन गरेको छन । त्यसैगरी संस्थाको संचालकहरुमा शर्मिष्ठा दाहाल, चम्पादेवी, संचराम थिङ्ग, टककुमारी उप्रेती भेटवाल, तीलेसरी देवी थरुनी ,आशा रानामगर रहेका छन् । यस्तै मुना चौधरी, रोशा खातुन, श्यामता कुमारी, तारा अधिकारी र मुन्नी कुमारी भण्डारीलाई अघिवेशनले संचालकमा चयन गरेको छ ।

लेखा समितिको संयोजकमा सुनिता सापकोटा चयन गभएका छन । यसैगरी संस्थाले बार्षिक साधारणसभका अवसरमा ३ जना जेष्ठ नागरिकलाई न्यानो कपडा र पौष्टिक आहार सहित सम्मान गरेको छ । यसैगरी सहकारीले एक जना पत्रकारलाई समेत सम्मान गरेको छ । संस्थाले जिल्लालाई कार्यक्षत्र बनाई टेलीभिजन न्युज २४ तथा नयाँ पत्रिका दैनिकमा कार्यरत पत्रकार बसन्त खतिवडालाई समेत पत्रकारीताबाट सम्मान गरेको छ । यसैगरी संस्थामा कार्यरत कर्मचारीहरु मध्यबाट रुपमा मुना न्यौपानेलाई सम्मान गरिएको छ ।

कार्यक्रमको उद्घाटन प्रदेशसभा सदस्य ज्वाला कुमारी साहले गरेकी थिईन । कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रिय संघ लिमिटेडका संचालक शिव प्रसाद अधिकारी, प्रदेश नम्बर २ कृषि सहकारी संघका सचिब पुनदेव प्रसाद रौनियार, कृषि सहकारी संघ बाराका अध्यक्ष मिश्रीलाल सहनी, साना किसान विकास लघुवित्त वित्तिय संस्था हेटौंडाकी अधिकृत कृष्णमाया सुवेदी, साना किसान कृषि सहकारी संस्था भोडाहाका अध्यक्ष विन्दा सिंह लगायतले मन्तव्य राखेका थिए । निर्वाचित संचालक एवं लेखा समितिका पधादिकारीहरुलाई कार्यक्रमकी प्रमुख अतिथी समेत रहेकी प्रदेशसभा सदस्य साहले अविर लगाए बधाई ज्ञापन गर्नुभएको थियो ।

संस्था अध्यक्ष नयनकला खड्काको अध्यक्षतामा सम्पन्न साधारणसभामा स्वागत उपाध्यक्ष फुलकुमारी बस्नेत र कार्यक्रमको संचालन मुख्य प्रबन्धक पुष्पराज खतिवडाले गरेका थिए । सहकारीको जीतपुरसिमरा उपमहानगरपालिकाको १७, १८ त्यस्तै कलैया उपमहानगरपालिका विभिन्न वडामा गरि २ हजार ४ सयबढी महिला सदस्य आवद्ध छन् । संस्थाले करिब ४१ करोड कारोबार गरी १ करोड १५ लाख नाफा गरेका संस्थाले जनाएको छ ।