Sajhedari Daily
Latest News from Nepal

आधाभारमा गाडिको ठक्करबाट दुुई मृगको मृत्युु

रञ्जन यादब/
पुुर्ब–पश्चिम लोक मार्ग अन्तर्गत बाराको आधाभारमा गाडिको ठक्करबाट दुुई मृगको शुक्रवार साँझ घट्ना मृत्युु भएको छ । जीतपुुरसिमरा उपमहानगरपालिका वडा नं.२१ स्थित आधाभारमा पथलैयातर्फबाट अम्लेखगंजतर्फ गईरहेको नम्बर नखुुलेको गाडिले बाटो काट्न लागेको मृगलाई ठक्कर दिईएको थियो ।

मृत्युु भएका मृगमध्ये एउटा मृग गर्भिणी रहेकाले गाडिले किचेपछि पेटमा रहेको बच्चा जिउँदै बाहिर निस्किएको थियो ।
मृगलाई ठक्कर दिने सवारी साधन फरार रहेको छ ।

मृत्त अवस्थामा रहेको दुुईवटा मृग र पेटबाट निस्किएको शिशुु मृगलाई पर्सा राष्ट्रिय निकुुञ्ज आधाभारको जिम्मा लगाईएको छ । ठक्कर दिने गाडिको खोजि कार्य भईरहेको पर्सा राष्ट्रिय निकुुञ्जले जनाएको छ ।

Comments are closed.

error: Content is protected !!